Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट

2018-03-08

Sudurpashchim, Kailali, Ghodaghodi

जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीय १८ वर्षीया युववी राधा चौधरीलाई कथित बोक्सी आरोपमा कुटपिटमा संलग्न किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया किस्मतीलाई धामी भनिएका रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानकारी दिए । गाउँबाटै पक्राउ परेकी किस्मतीलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । यसअघि कुटपिटमा संलग्न धामी रामबहादुर चौधरी पक्राउ परिसकेका छन् । राधामाथि बर्बरता देखाउने दुवैजनालाई जिल्ला अदालतबाट म्याद थपेर मुद्दा चलाउने तयारी थालिएको डिएसपी बोहेराले जानकारी दिए । राधामाथि सयौँ गाउँलेमाझ गत बिहीबार नारी दिवसका दिन धामी रामबहादुर र किस्मतीले बोक्सी आरोपमा मरनासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते राधाको सेती अञ्चाल अस्पतालमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , National/Online Media , Local Newspaper - Banke

0 Comments