Incident Reports

बिराटनगरमा ग्याङ फाइट बढ्यो, छुरा प्रहारबाट एक घाइते

2018-03-09

Province 1, Morang, Biratnagar

अभिशेक चौधरीले छुरा प्रहारबाट सुवेदीको फोक्सोमा समेत चोट लागेको बताए। ‘छुरा प्रहारबाट फोक्सोमा चोट लागेपछि थप उपचारका लागि धरान पठाइयो,’ उनले भने, ‘स्वासप्रश्वासमा समस्या देखिएका कारण अवस्था गम्भीर नै छ।’ सुवेदीको अहिले बीपीमा आईसियूमा राखेर उपचार भइरहेको छ। उनको छात्ती पनि सुन्निएको चिकित्सकले बताएका छन्। विराटनगर ५ का आवाश पौडेल, पदम कार्की लगायतका युवाहरुले सुवेदीमाथि छुरा प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। उनका अनुसार छुरा प्रहारपछि फरार रहेका युवाहरुको खोजी तीव्र पारिएको छ। ‘युवाहरुबीच पुरानो रिसिइवीका कारण झगडा भएको देखिन्छ,’ एसपी बिसीले भने, ‘केटी विवादका कारण पहिल्यैदेखि दुई समूहबीच झगडा हुँदै आएको आशंका गरिएको छ।’ यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्नलाई पक्राउ गरेर कारवाही अघि बढाउने उनले बताए। विराटनगरको मुनालपथमा रहेको मन्डेला रेष्टुरेन्टबाट आफ्ना साथीसँग खाजानास्ता गरेर निस्कदै गर्दा शुक्रबार राति ८ः३० बजेतिर सुवेदीमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीले सुवेदी र अर्को समूहबीच यसअघिदेखि नै मनमुटाव रहेको बताएको छ। बिसीले भने, ‘पुरानो मनमुटाव र रिसिइवीका कारण उनीहरुबीच पटकपटक एकअर्काबीचमा झगडा र झडपका घटना हुँदै आएको पाइयो।’ चार महिना अघि पनि पौडेल लगायतका युवाले सुवेदीमाथि आक्रमण गरेर टाउको फुटाइदिएको प्रहरीले जनाएको छ। त्यतिबेला घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि नबढाएका कारण मनोवल बढेर फेरी त्यो समूह आक्रमणमा उत्रिएको बरगाछीका राम नेपालले बताए। ‘प्रहरीले घटनामा संलग्नलाई कारवाही नगर्दा मनोबल बढेर गएको देखिन्छ,’ उनले भने, ‘पटकपटक ज्यानै लिने खालको आक्रमण हुनुलाई सामान्य रुपमा लिन हुँदैन।’ नेपालले यस्ता घटनालाई सामान्य रुपमा लिने परिपाटीका कारण युवाहरुबीच दुस्मनी थप बढ्दै गएर ज्यानै जाने खतरा रहेको बताए। भने, ‘घटनामा संलग्नलाई तत्काल प्रहरीले पक्राउ गरेर कारवाही गर्न सक्नुपर्छ। दुई पक्षबीच रहेको पुरानो विवाद र दुस्मनीलाई मिलाउने प्रयास गरिएन भने समस्या थप जटिल बनेर जान सक्छ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports