Incident Reports

आफ्नै बस्तीमा कुटिए दलित मुसहर, न्याय खोज्दै प्रशासनमा

2018-03-09

Madhes, Saptari, Rajbiraj, Ward 12

वर्षौंदेखि बसोवास गर्दै आएको जग्गामा शौचालय निर्माण गर्न खोज्दा सप्तरीको राजविराज नगरपालिका-१२ का दलित मुसहरहरु कुटिएका छन् । आफ्नै घरमा कुटिएपछि विपन्न मुसहरहरु न्यायको खोजी गर्दै शुक्रबार दिउँसो सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको शरणमा आइपुगेका छन् । मुसहर समुदाय राजविराज नगरपालिका-१२ सिगियौन मुसहरी टोल त गाउँ ब्लकको जग्गामा पछिल्लो ३ पुस्तादेखि बस्दै आएका छन् । स्थानीय वडाध्यक्ष समेतको रोहबरमा अमिन बोलाई आफूहरुले भोगचलन गर्दै आएको जग्गा छुट्याई शौचालय निर्माण गर्न खोज्दा कुटिएको घाइते सोमनीदेवी सदाले बताइन् । ‘गाँउमा शौचालय निर्माण गरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेकाले आफूहरुले भोगचलन गर्दै आएको जग्गामा शुक्रबार बिहान शौचालय निर्माण गर्ने तयारी स्वरुप खाल्टो खन्न के सुरु गरेका थियौं बाँसको भाटा, कोदालोसहितका हतियार लिएर कुटपीट गर्न थाले’अर्का घाइते शनिचर सदाले भने । खुल्ला दिसामुक्त अभियानका क्रममा स्थानीय रामअधिन यादव, महावीर यादव, प्रमोद यादव, अशोक यादव, ढकाई यादव र असर्फी यादवबाट निर्घात कुटिएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् । कुटपीटबाट शनिचर सदा, रुवी सदा, सोमनी सदा र ममतादेवी सदा घाइते भएकी छन् । ‘एक त हामी दलित त्यसमा पनि अति विपन्न, पुस्तौंदेखि बसोवास गर्दै आएको जग्गाबाट उठिबासै गराउन खोज्ने गरी कुटपीट गरियो’पीडित शनिचर सदाले भने,‘हामी गरिबहरु सरकारी जग्गामा बस्दै आएका छौं, यहाँबाट भगाउन हामीलाई कुटपीट गर्न थालिएको छ ।’ कोदालोले आक्रमण गर्दा ममतादेवीको हात काटिएको छ । ‘महिलाहरुलाई लगाएको लुगा समेत च्यात्दै कुटपीट गरे’शनिचर सदाले भने,‘हामीलाई गाउँबाट भगाउने योजनाअनुरुप शुक्रबार बिहान घटना भएको हो ।’उक्त बस्तीमा ४० परिवार मुसहर बस्दै आएका छन् । पीडित ममतादेवी सदाले भनिन्, ‘हात काटिएको छ, शरीरको विभिन्न भागमा चोट छ, उपचारका लागि हामीसँग पैसा छैन ।’पीडितहरुले दोषीमाथि कारबाहीको मागसहित शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् । प्रशासनले सक्कलै निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले मुसहरहरुलाई कुटपीट गर्नेहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए । मुसहर बस्ती रहेको राजविराज नगरपालिका १२ का वडाध्यक्ष हरिहर यादवले मुसहर समुदायमाथि शुक्रबार बिहान अनाहकमा कुटपीट भएको बताए । उनले भने, 'दोषीउपर कारबाही हुनुपर्छ ।' राजविराज नगरपालिकाका मेयर शम्भू यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Access/control of private land
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports