Incident Reports

नेपाली व्यवसायीलाई गोली हानेर भाग्दा भाग्दै समातिए भारतीय 'सुटर'

2018-03-12

Lumbini, Rupandehi, Siddharthanagar

सोमबार राति यहाँका एकजना व्यवसायीलाई गोली हानेर भाग्दा भाग्दै भारतीय नागरिक पक्राउ परेका छन् । सिद्धार्थ नगरपालिका–५ बैंकरोडस्थित सैन्य क्याम्प अगाडि उद्योव वाणिज्य संघका सदस्य हरिस सेठियामाथि गोली हानेर भाग्दै गरेका ५५ वर्षीय भारतीय नागरिक रमजान मुसलमानलाई स्थानीयले समात्न सफल भएका हुन् । भारतीय मोटरसाइकल पछाडि बसेर आएका रमजानले बैंक रोडमा हिँडिरहेको अवस्थामा मोबाइल तथा विद्युत्तीय सामाग्री व्यवसायी सेठियामाथि कटुवा पेस्तोलबाट गोली हानेका थिए । गोली हानेर भाग्दै गरेको अवस्थामा बैंकरोडका स्थानीयले भारतीय राज्य उत्तरप्रदेशस्थित जिल्ला महाराजगञ्ज, थाना सुनौलीको जारा गाउँ निवासी रमजानलाई कटुवा पेस्तोलसहित समातोका हुन् । संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका एसएसपी दीपक थापाका अनुसार सेठियामाथि गोली हानिएको स्थान नजिकै उनी कटुवा पेस्तोलसहित समातिएका हुन् । प्रहरीले सुरुवाती अनुसन्धानमा उनैले गोली हानेको जनाएको छ। भारतीय नम्बरको मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ । सुनौली भारतको व्यापारिक तथा सीमावर्ती सहर पनि हो । उनलाई स्थानीयले समातेर जिल्ला प्रहरी कार्यालयको टोलीलाई बुझाएका थिए । रमजानको सिद्धार्थनगरस्थित अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्थानीयले समात्ने क्रममा रमजानमाथि कुटपिट पनि गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms , Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Reports