Incident Reports

बोक्सी बकाउन भन्दै आफ्नै आमाद्वारा किशोरीमाथि निर्घात कुटपिट

2018-03-13

Gandaki, Gorkha, Sahid Lakhan, Ward 6

‘बोक्सी बकाउने’ भन्दै गोरखा घैरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। जनुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानकीमाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए। ‘बिहान ११ बजे दोस्रो पिरियडको कक्षा चलिरहेको थियो । जानुका एक्कासी बिरामी भइन्’, घटना वर्णन गर्दै श्रेष्ठले भने, ‘हामीले उनकी आमालाई बोलायौं । आमा आउनुभयो । एक जनाले जानुकाको खुट्टा समाते । आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।’ विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरूलाई बाहिर निकालेको उनले बताए । बिरामीलाई कुट्दा बोक्सीले सजाय पाउने अन्धविश्वास गाउँमा रहेको उनको भनाइ छ । विद्यालयले कम्पाउन्डबाहिर निकालेपछि आमाले छोरीलाई गाउँपालिकाको कार्यालय परिसरमा लगेर फेरि कुटपिट गर्न थालिन् । गाउँपालिकाको स्वास्थ्यचौकी, पशु सेवा कार्यालय, कृषि सेवा कार्यालयको आँगनमा राखेर धेरैबेर लुछ्दै कुट्दै गरेको प्रत्यक्षदर्शीले बताए । ‘आमा झाँक्री, छोरी बोक्सी बनेर एक घण्टा सवालजवाफ भयो’, स्थानीय भावना श्रेष्ठले भनिन्, ‘तँ को होस् ? भनेर आमाले सोधिन् । जानुकाले मखना हुँ भनिन् । तेरो कति छोराछोरी ? भनेर आमा सोध्ने, छोरीले भन्ने । यस्तै कुट्दै सोध्दै गर्दा गाउँका ३०÷३५ जना भेला भए ।’ आमाले मात्र कुटपिट गरे पनि सघाउनेमा अरू चार÷पाँच जना रहेको बताइएको छ । तर, सहयोगीको नाम भने खुलाइएको छैन । बोक्सी बकाउने क्रममा आमा पार्वतीले ताङ्लिचोकका एक झाँक्रीसँग टेलिफोनमा प्रश्न सोध्ने गरेको पनि प्रत्यक्षदर्शीले बताए । झाँक्रीले जे जे सोध भनेको छ, जे जे गर भनेको छ, त्यही सोधेको, त्यही गरेको आमा पार्वतीले त्यहाँ उपस्थित भएकालाई सुनाएकी थिइन् । तर, झाँक्रीको नाम भने खुलाइएको छैन। ‘पार्वतीले किन मेरो छोरीलाई दुःख दिइस् ? भन्थिन्, छोरीचाहिँ सधैं मेरो आँगनको बाटो हिँड्ने तर मलाई मानसम्मान नगर्ने, तेरो परिवार देखेर मलाई डाह लाग्थ्यो, त्यही भएर दुःख दिएको भन्थिन्’ घटना सुनाउँदै नाम नखुलाइदिन अनुरोध गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘के गर्‍यो भने छाड्छेस् त भनेर सोध्दा मलाई रातो भालेको मासु र भात दे अनि छाड्छु भन्थिन् ।’ कपाल लुछ्ने, कुट्ने, मुखमा थुक्ने गर्दा जानुकाको गाला सुन्निएको र ओठ काटेर रगत बगेको उनले बताए । पार्वतीले घटनाको फोटो र भिडियो खिच्न विद्यालयका परिचर खिलबहादुर श्रेष्ठलाई आफ्नै मोबाइल दिएकी थिइन् । तर, फोटो भने सार्वजनिक गरिएको छैन । दिनभर विद्यालयमा आफ्नो परिवारको बेइज्जत गरेको भन्दै सोही कक्षा (कक्षा आठ) मा पढ्ने मखना श्रेष्ठका नातिनीहरू वर्षा र सन्तोषी घरमा पुगेपछि भक्कानिएर रोएका थिए । घटनापछि मखनाका परिवारले गाउँमा कचहरी गरेका थिए । ‘हामीले किन बोक्सीको आरोप लगाएको भनेर कचहरीमा पनि सोध्यौं’, मखनाकी छोरी भावना श्रेष्ठले भनिन्, ‘बिरामीको मुखबाटै बोक्सीको नाम आएकाले झुटा आरोप नभई मखना साँच्चै बोक्सी भएको दाबी गरे । गल्दै गलेनन् ।’ पीडित मखना श्रेष्ठले गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीसमक्ष र ताङ्लिचोक प्रहरी चौकीमा उजुरी दिएकी छन् । ‘बोक्सीको आरोप लगाएकाले अनुसन्धान गरी कारबाही गरिपाऊँ भन्ने व्यहोराको उजुरी आएको छ’, गाउँपालिकाकी उपप्रमुख तिवारी भन्छिन्, ‘पार्वतीको अर्को छोरी मोटरसाइकल दुर्घटनामा परी अस्पतालमा बस्नुपरेकाले दोहोरो छलफल गराउन पाइएको छैन ।’ अस्पतालमा अर्को कुरुवा राखेर यथाशीघ्र उपस्थित हुन आग्रह गरेको तिवारीले बताइन् । प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार दीननाथ चौधरीले उजुरी छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments