Incident Reports

बेचविखनको लागि चीनको खासा लगिँदै गरेका बालिकाको उद्धार l

2013-08-17

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital बिक्रिगर्ने उद्देश्यले चीनको खासामा लैँजादै गरेका झापा, धादिङ र काठमाडौँ घर बताउने तीन जना १६/१७ वर्षीया बालिकालाई सीमा प्रहरी कोदारीले भदौ १ गते तातोपानीस्थित मितेरी पुलबाट उद्धार गरेको छ । घटनामा संलग्न भएको आरोपमा मार्मिङ गाविस-७ का २१ वर्षीय फुर्वा तामाङलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । बालिकाहरूलाई आरोपितले बाह्रबिसे बजारको एक मोवाइल पसलबाट मासिक २५ हजारको जागीर लगाउने भन्दै खासातर्फलैजान लाग्दा माइती नेपालको सहयोगमा प्रहरीले गिरफ्तार गरेको सीमा प्रहरी चौकीका इन्स्पेक्टर मनोज लामाले बताए । इन्स्पेक्टर लामाका अनुसार केटाको नामको नागरिकतामा पीडित किशोरीहरूलाई सीमा पार गराउन खोज्दा गिरफ्तार परेका हुन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागी हिरासतमा राखेको छ भने पीडित महिलाहरू माइती नेपालको जिम्मामा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बोहोराले बताए ।

0 Comments