Incident Reports

भारततिर लैजान लागेका बालिकाहरूको प्रहरीद्वारा उद्धारl

2013-08-17

महारुद्र गाविस-१ सिमील्डाकी १३ वर्षीया लक्ष्मी चन्द, सोही गाविस-२ की १४ वर्षीया गणपती दयाल र सोही गाविस-३ की १३ वर्षीया सुशीला पुजरालाई साउन ३२ गते विद्यालयबाट भागेर भेष बदली भारततिर जाँदा गर्दा भदौ १ गते इलाका प्रहरी कार्यालय पाटनले उद्धार गरेको छ । विद्यालयको ड्रेस कापी कलम विद्यालय नजिकैको खोलामा फाली घरबाट लिएको सारी चुरा पोते लगाएर भारततिर जान भनि बैतडीको पाटनमा महेन्द्रनगरको बसमा चढ्ने बेला बालिकाकाहरूको व्यवहार र पहिरन असमान्य लागेपछि सोधपुछको क्रममा प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय पाटनले जनायो । तीनै जना बालिकाहरू महारुद्र गाविसको श्री दुर्गा उच्च माविमा कक्षा ८ मा अध्यानरत विद्यार्थी हुन् । उनीहरूलाई भगाएर भारतको पञ्जाव लुधियाना लागि विक्री गर्ने योजनामा संलग्न रहेको आरोपमा स्थानीय जसुदयाललाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर सुगन्ध श्रेष्ठले बताए ।

0 Comments