Incident Reports

समाचारको विषयलाई लिएर पत्रकार माथि हातपात l

2013-08-16

Karnali, Jumla, Chandannath

Man Dutta Rawal महत गाविस-७ निवासी जिल्ला विकास समितीका लेखा अधिकृत २७ वर्षीय मुनबहादुर रावलले भदौ २ गते समाचारको विषयलाई लिएर नागरिक दैनिकका सम्वाददाता २६ वर्षीय डिवी बुढामाथि हातपात गरेका छन् । रावल सहित जिल्ला विकास समितिका अर्का एक कर्मचारी मोटरसाईकलमा गएर बिमानस्थलको छेउमा रहेको श्रेष्ठ होटल नजिकै मोटरसाईकल रोकी नेपालगञ्जबाट पठाइएको पत्रिका लिन बिमानस्थल पुगेका नागरिककर्मी बुढालाई गालामा हिर्काएको पीडितले बताए । कान्तिपुर टेलिभिजनका एलपी देवकोटा, एभिन्युज टेलिभिजनका उमेश आचार्य र अर्को एक जना साथी सँगै हिडिरहेको समयमा उनले हातपात गरेका थिए । साउन ३१ गतेको नागरिक पश्चिमेलीमा "स्थानीय विकास अधिकारी सम्पर्क विहीन" भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि साउन ३२ गते रावलले नेपालगञ्जबाट ९८०६३०३४३३ नम्बरको मोवाइल मार्फत मार्ने धम्की दिएका थिए । धम्की दिएको दुई दिनपछि बुढामाथि हातपात भएको हो । 'कान्तिपुरका देवकोटा र एभिन्युजका आचार्य नभएको भए अप्रिय घटना हुनसक्ने संभावना निकै थियो ।' बुढाले भने । उनले समाचार प्रति चित्त नबुझे टीका टिप्पणी छलफलका माध्यमबाट प्रतिक्रिया दिन सकिने भए पनि एक्कासी हातपात गरेर समाचारलाई गलत साबित गर्नका लागि गरेको कसरत उनका लागि आफैमा समस्या भएको बुढाले बताए । विभिन्न किसिमका धम्की दिएर पत्रकारीतालाई बदनाम गर्ने षडयन्त्र भईरहेकोले घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न बुढाले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

0 Comments