Incident Reports

कथित बोक्सीको आरोपमा एक महिलाको हत्या l

2013-08-16

Nepal

KC Lamichhane सुपौली गाविस-९ की ४५ वर्षीया पार्वती देवीको साउन ३२ गते कथित बोक्सीको आरोपमा स्थानीयले कुटपिट गरेर हत्या गरेका छन् । कुटपिटमा संलग्न सोही ठाउँकी ५० वर्षीया पासपतीदेवी थारुलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको पर्साका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । कुटपिटको घटनामा संलग्न अन्य भने फरार रहेका छन् । छिमेकी जगदीश राउतकी २० वर्षीया छोरी प्रतिमा कुमारीलाई जादुटोना गरेको आरोपमा उनलाई स्थानीयले कुटपिट गरेका हुन । साउन ३१ गते राती वीरगञ्जमा बस्दै आएका पूर्व मन्त्री मोहनलाल चौधरीको बैठक घरमा पञ्चायती बसेको र बोक्सीको आरोप लगाइएकी पार्वती देवीलाई गाउँ निकाल गर्ने निर्णय भएको थियो । पीडित महिलाको बिरुद्ध सबै एक हुने र उनलाई गाउँ निकाला गर्ने विषयमा सहमति गरेको अवस्था रहेको डिएसपी खतिवडाले बताए । पञ्चायतीपछि प्रतिमा चौधरी, अनिल चौधरी लगायतले उनलाई कुटपीट गरेको प्रहरीले जनाएको छ । सोही ठाउका बिश्राम राउत, नविन राउत, धनराज राउत पनि कुटपिटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खतिवडाले बताए । यस अघि साउन २२ गते पर्साको बिश्रामपुर गाविस-१ मा पनि बोक्सीको आरोपमा ५० वर्षीया एकल महिला सरस्वती देवीलाई अमानवीय ब्यवहार गरिएको थियो । उनलाई अमानवीय ब्यवहार गरेको आरोपमा विश्रामपुर गाविस-१ का १६ वर्षीय मन्जय चौरसीया, ४२ वर्षीया लालचुनीया चौरसीया र ४३ वर्षीया देवमति चौरसीयालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूका विषयमा अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis