Incident Reports

No translation available.

2013-08-16

Narendra Singh Karki धारी गाविस-२ की २० वर्षीया कल्पना कुँवरले पतिले यातना दिएको भन्दै साउन ३२ गते महिला तथा बालबालिका कार्यालयमा उजुरी दिएकी छन् । पीडितले साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएकी थिइन् । पति २२ वर्षीय नरेशसिंह कुवर र उनकी जेठी पत्नी ललिता कुँवरले कुटपिट तथा घरबाट निस्कन भन्दै यातना दिएको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । पति र जेठी पत्निको कारण आफू चार महिनाकी छोरी सहित घरमा बस्न सक्ने अवस्था नभएको भन्दै उनले माइतीघर फर्काई दिन महिला तथा बालबालिका कार्यालयमा आग्रह गरेको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख निर्मला कुवरले बताइन् । यस अघि पनि पतिले उनलाई ०६९ चैतमा आगोमा राखी जलाउने प्रयास गरेका थिए । मदिरा सेवन गरी बारम्बार आफूलाई कुटपिट र मार्छु भन्दै यातना दिने गरेको उनले बताइन् । प्रहरीले आज नै उनका ससुरालाई बोलाई पीडित महिलाको रेखदेख गर्न र माइती घरसम्म पुर्‍याउने सहमति गरेका छन् । उनका पति नरेश भने फरार रहेको प्रहरीले जनाएको छ । तीन चार दिन अघिबाट नै कुँवर फरार रहेका छन् । कुवरले दुई वर्षअघि पोखराबाट उनलाई विवाह गरी ल्याएका थिए । घरमा विहे गरेको जानकारी नै नदिई उनले दोस्रो पत्नीको रुपमा कुँवरलाई ल्याएका हुन् । दोस्रो पत्नीको रुपमा भित्र्याइएका कल्पनाको विवाह दर्ता हुन सकेको छैन ।

0 Comments

Related Reports
Related Trend Analysis