Incident Reports

धनुषामा बम विष्फोट, एक महिला घाइते

2018-04-05

Madhes, Dhanusha, Dhanusadham, Ward 9

धनुषामा बम विष्फोट हुँदा एक महिला घाइते भएकी छन्। धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बम विष्फोटबाट तिर्थमायाको छाती र हात खुट्टामा चोटपटक लागेको धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिहले जानकारी दिए। घाइते तिर्थमायाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments