Incident Reports

कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

2018-04-06

Karnali, Dailekh, Narayan, Ward 3

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो । बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा बोलाएर बृद्धाको पेट र पाखुरामा टोकेर घाउ बनाएको भनी पीडित महिलाले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । सो उजुरीका आधारमा ‘बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२’ बमोजिम अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले जानकारी दिए । आरोपित रामचन्द्र बोगटीले आफूलाई देउता आएर बहिनीलाई बोक्सी लगाएको खुटिएको भन्दै बोक्सी झार्न त्यसो गरेको तर पछि होस् आउँदा राजकुमारी जैसीलाई घाइते अवस्थामा देखेको बताए । आफूलाई देउता आएको बेला गरेको गतिविधि याद नभएको बोगटीको भनाई थियो । ‘बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२’ को दफा ३ को उपदफा २ (क) र (खं) मा बोक्सीको आरोप लगाएमा ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments