Incident Reports

बालिका ओसारपसारविरुद्ध उजुरी l

2013-08-24

Province 1, Morang, Pathari Shanishchare

Dipen Neupane झापा जिल्ला गौरादह गाविस-५ घर भई हसन्दह गाविस-६ स्थित फुपूको घरमा बस्ने कक्षा-११ मा अध्ययनरत १५ वर्षीया बालिकालाई बिक्री गर्न खोजेको आरोपमा हसन्दह गाविस-६ का ४० वर्षीय नन्द सुब्बाविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा भदौ ८ गते उजुरी परेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीका अनुसार, पीडितका बाबु भीमबहादुरले प्रहरीमा उजुरी दिएका हुन् । पीडितलाई साउन ३० गते पथरी बजारमा लागेको मिनी मेला हेर्ने क्रममा आरोपितले ललाइफकाइ चितवन पुर्‍याएका थिए । पीडित त्यहाँबाट भदौ ५ गते भागेर घर आएकी थिइन् । आरोपितविरुद्ध प्रहरीले मानव ओसारपसार ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरेको छ । आरोपित फरार छन् ।

0 Comments