Incident Reports

Janakpur Today: Ward member attacked in Aurahi

2018-04-06

Madhes, Mahottari, Aurahi

Sanjiv Kumar Yadav, Ward member of Aurahi Municipality-8, of Mahottari district, was attacked by unidentified group assailants on Friday night. Yadav was sleeping in his home when he was attacked. Seriously injured Yadav's treatment in undergoing at Janakpur Zonal Hospital, Janakpur. According to injured Yadav some 10 members had attacked him. But, Sanjiv Yadav's mother Nilam Devi accused the group of Bijay Chaudhary of Ramgopalpur attacked her son. DSP Kuber Singh Kathayet of District Police Office, Mahottari, said they are searching the absconded assailants. महोत्तरीको औरही नगरपालिकाका एक वडा सदस्यमाथि शुक्रबार राति अज्ञात व्यक्तीहरुले संघातिक आक्रमण गरेको छ । औरही नपा वडा नं. ८ टिमकिया बस्ने वडा सदस्य संजीव कुमार यादवमाथि संघातिक आक्रमण भएको हो । हतियार प्रहारबाट घाइते भएका यादवको उपचार जनकपुरमा भइरहेको छ । घरेलु हतियार सहित रहेका अज्ञात व्यक्तीहरुको समूहले घरमा सुतिरहेको वडा सदस्य यादवमाथि आक्रमण गरेको बताइएको छ । राति ११ बजेतिर १० जनाको समूह रहेको हतियारधारी व्यक्तीहरुले आक्रमण गरेको पीडित वडा सदस्य यादवले बताए । रामगोपालपुरका विजय चौधरी र उनीसंगै आएको नकावधारी समुहले घरमा सुतिरहेको छोरा माथि धारिलो हतियारले आक्रमण गरेको वडा सदस्य यादव की आमा निलम देवीको कथन छ । अर्कै कोठामा बुहारी र नातिका साथ सुतेको भतिजोमाथि आक्रमण भएपछि कराएको आवाज सुनेर आफू पनि छुट्टाउन गएको पीडितका काका ५० वर्षिय सत्यनारायण यादवले बताए । उनको काका सत्यनाराणमाथि पनि खुकुरीले प्रहार गरिएको छ । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेका छ । अस्पतालका अनुसार आमा निलम देवीको टाउकोमा गहिरो घाउ लागेको छ । छोरा संजीवको टाउकोमा पांच ओटा टांका लागेको छ ।घटना पछि राति प्रहरीलाई खÞबर गरेको तर प्रहरी एक घण्टा ढिलो आई पुगेको स्थानियले बताए । घटना बारे छानबिन भईरहेको र दोषीलाई छिटै पक्राउ गरिने महोत्तरीका प्रहरी उपरीक्षक कुबेर सिंह कठायतले बताए । घटनाको मुख्य कारण विजय र स्थानीय युवती विचको सम्बन्धलाई बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments