Incident Reports

वडा सदस्यमाथि संघातिक आक्रमण

2018-04-06

Madhes, Mahottari, Aurahi

८ टिमकिया बस्ने वडा सदस्य संजीव कुमार यादवमाथि संघातिक आक्रमण भएको हो । हतियार प्रहारबाट घाइते भएका यादवको उपचार जनकपुरमा भइरहेको छ । घरेलु हतियार सहित रहेका अज्ञात व्यक्तीहरुको समूहले घरमा सुतिरहेको वडा सदस्य यादवमाथि आक्रमण गरेको बताइएको छ । राति ११ बजेतिर १० जनाको समूह रहेको हतियारधारी व्यक्तीहरुले आक्रमण गरेको पीडित वडा सदस्य यादवले बताए । रामगोपालपुरका विजय चौधरी र उनीसंगै आएको नकावधारी समुहले घरमा सुतिरहेको छोरा माथि धारिलो हतियारले आक्रमण गरेको वडा सदस्य यादव की आमा निलम देवीको कथन छ । अर्कै कोठामा बुहारी र नातिका साथ सुतेको भतिजोमाथि आक्रमण भएपछि कराएको आवाज सुनेर आफू पनि छुट्टाउन गएको पीडितका काका ५० वर्षिय सत्यनारायण यादवले बताए । उनको काका सत्यनाराणमाथि पनि खुकुरीले प्रहार गरिएको छ । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेका छ । अस्पतालका अनुसार आमा निलम देवीको टाउकोमा गहिरो घाउ लागेको छ । छोरा संजीवको टाउकोमा पांच ओटा टांका लागेको छ ।घटना पछि राति प्रहरीलाई खÞबर गरेको तर प्रहरी एक घण्टा ढिलो आई पुगेको स्थानियले बताए । घटना बारे छानबिन भईरहेको र दोषीलाई छिटै पक्राउ गरिने महोत्तरीका प्रहरी उपरीक्षक कुबेर सिंह कठायतले बताए । घटनाको मुख्य कारण विजय र स्थानीय युवती विचको सम्बन्धलाई बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports