Incident Reports

बलात्कार गरेको आरोपमा गिरफ्तार l

2013-08-23

Lumbini, Banke, Khajura

Binod Pandey सोनपुर गाविस की एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भदौ ७ गते इलाका प्रहरी कार्यालय धनौलीले उढरापुर गाविस-८ का २५ वर्षीय कलिम रायलाई गिरफ्तार गरेको छ । भने अर्का आरोपित सोही गाविस-९ बस्ने जहरु भाट फरार रहेका छन् । जङ्गलमा दाउरा काट्न गएकी महिलालाई भदौ ७ गते दुई जनाले समुहिक बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । पीडितको भदौ ७ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय धनौलीका सई मिनराज न्यौपाने बताए । भदौ ८ गते पीडित पक्षका महिलाहरुले फरार आरोपितलाई गिरफ्तार गरी दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए । घटनाको अनुसन्धान भइरहेको र फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis