Incident Reports

बलात्कारको आरोपित गिरफ्तारl

2013-08-23

Shiva Prasad Dhungana पोकली गाविसका दुई जना बालिका बलात्कार गरेको आरोपमा ०७० भदौ ७ गते सोही गाविस ८ का १८ वर्षीय लीलाबहादुर खत्रीलाई प्रहरी चौकी गाम्नाङटार चौकीले गिरफ्तार गरेको छ । दुई बालिकालाई फकाएर नजिकै जगंलमा लगेर ०७० भदौ ४ गते साँझ दुई बालिकालाई पालै पालो पैसा दिन्छु भनेर फाकाइ मुख मैथुन गरेको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए । पीडित बालिकाहरुलाई ०७० भदौ ८ गते जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण गरिएको छ । बालिकाहरुको अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए । आरोपितले अभियोग स्वीकार गरेकाले पीडित परिवारको जाहेरी आएपछि आशय करणी अर्न्तगत मुद्दा चलाइने बताए ।

0 Comments

Related Reports
Related Trend Analysis