Narayan Parajuli
ठूलोखैरेटवा गाविस-६ निवासी ४५ वर्षीय मुन्नादेवी यादवको हत्यामा संलग्न रहेका आरोपित पीडितका जेठाजु ५० वर्षीय चनमन यादव, उनका छोरी ज्वाई भारत निवासी ३२ वर्षीय सुरेन्द्र यादव, सोही ठाउँका २४ वर्षीय कमलेश गुप्ता र सुग्रिम गुप्ता भदौ १० गते जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका छन् ।
आरोपितहरूले ०७० साउन ६ गते पीडितको घर नजिकै उँखु बारीमा लगी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । पीडितका आफन्तले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा साउन १४ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानपछि आज जिल्ला अदालत पेश गरेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएका हुन् ।