Incident Reports

सामुहिक बलात्कारका आरोपितविरुद्ध मुद्दा दर्ता l

2013-08-25

Arjun Basnet सामुहिक बलात्कारका तीन जना आरोपितविरुद्ध प्रहरीले भदौ ९ गते अदालतमा लगेर म्याद थप गरी मुद्दा दर्ता गरेको छ । एक २५ वर्षीया महिलालाई साथीहरूसँग घुम्न गएको बेला मेचीनगर नपा-११ का २३ वर्षीय प्रदिप राई र १७ वर्षीय सन्तोष मल्लिक तथा सोही नपा वडा नं १० का १९ वर्षीय यूगेन भूजेल र २२ वर्षीय भक्ति राईले भदौ ७ गते साँझ ६ बजे वार्ड नं १३ स्थित टोकला टी स्टेटमा सामूहिक बलात्कार गरेका थिए । आफूसँगै घुम्न गएका केटा साथीलाई आरोपितहरूले कुटपिट गर्दै खेदाएर पालैपालो आफूमाथि बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई भदौं ९ गते बताइन् । पीडितले ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा तत्काल उजुरी गरेपछि प्रहरीले सोही साँझ भक्ति राई बाहेकका तीन जना आरोपितलाई गिरफ्तार गरेको डिएसपी बसन्त रजौरेले बताए । फरार रहेका आरोपितको खोजी भइरहेको उनले बताए । पीडितको भदौ ९ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

0 Comments

Related Reports
Related Trend Analysis