Incident Reports

कपाल नकाटेको आरोपमा प्रहरीद्वारा कुटपिट l

2013-08-23

Province 1, Morang, Kanepokhari

Dipen Neupane केरौन गाविस-१ निवासी मिल व्यवसायी २४ वर्षीय विकास राई र २१ वर्षीय सिलास कार्कीलाई लामो कपाल पालेर गुण्डा भएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले भदौ ७ गते नियन्त्रणमा लिएर कुटपिट गरेको छ । बयरवन गाविसमा फुटवल खेल्ने क्रममा बेहोस भई मृत्यु भएका एक जना युवाको विषयमा फुटवल क्लबको तर्फबाट छलफल गर्न गएका उनीहरुलाई लामो कपाल पालेर गुण्डा भएको आरोपमा कोठा भित्र लगी सुताएर छातीमा बुट र पैतालामा टायरले कुटपिट गरेको पीडित विकासले बताए । कुटपिटबाट सिलासको टाउको दुख्ने, चक्कर लाग्ने समस्या देखा परेको छ । पीडितहरुले पथरीस्थित क्लिनिकमा उपचार गराएका थिए । पीडितद्वयलाई इलाका प्रहरी कार्यालयको ट्युवेलमा पानी पिउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । इन्सेक प्रतिनिधिले पीडितद्वयलाई राम्रो अस्पतालमा उपचार गर्न सुझाव दिएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख राजन कार्कीले मौखिक उजुरी परेकोले घटनाबारे अनुसन्धान थालिएको बताए । पीडित विकासले एक वर्षसम्म कपाल पाल्ने भाकल छ भनेर प्रहरीलाई जानकारी गराउँदागराउँदै गुण्डा भनेर कुटपिट गरिएको घटनाका प्रत्यक्षदर्शी केरौन गाविस-१ का टंक अधिकारीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis