Incident Reports

विप्लव नेतृत्वको नेकपाको बन्दले पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित

2018-04-17

Province 1, Morang, Biratnagar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ। बन्दले तराईका झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा सामान्य प्रभाव परे पनि धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका पहाडी जिल्लाको जनजीवन बढी प्रभावित भएको छ। कोसी राजमार्गमा सवारी साधन नचल्दा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। यता, मोरङको सुन्दर हरैंचास्थित गछियामा बम फेला परेपछि पूर्व–पश्चिम राजमार्गको यातायात आवागमन पनि ३ घन्टा अवरुद्ध भयो। थलाहास्थित नेपाली सेनाको सूर्यदल गणको टोलीले बम निस्क्रिय गरेपछि यातायात सुचारु भएको छ। नेकपाको पूर्वी कमाण्डले विज्ञप्ति जारी गरी मंगलबार पूर्वका मेची, कोसी, सगरमाथा र जनकपुर अञ्चल बन्दको घोषणा गरेको थियो। बन्द सफल बनाउन नेकपाकै कार्यकर्ताले बम राखेको आशंका गरिएको छ। पार्टीका नेता/कार्यकर्ता पक्राउ गरी झुटो मुद्दा लगाएको बिरोधमा बन्द आह्वान गरिएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments