Incident Reports

बलात्कार प्रयासका आरोपित पुर्पक्षका लागि थुनामा l

2013-08-26

Chhatra Rimal प्रवेशिका पुरक परीक्षाको तयारी गर्न जिल्ला सदरमुकाम आएकी एक १९ वर्षीया युवतीलाई साउन १७ गते बलात्कार प्रयास गर्ने शिक्षकलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । म्याङलुङ क्याम्पसका प्राध्यापक तथा डेल्टा ल्याङ्ग्वेज र्इन्चिचुटका सञ्चालक ४२ वर्षीय डिल्लीराम निरौलालाई भदौ १० गतेको इजालसले उक्त आदेश दिइएको जिल्ला अदालतले जनाएको छ । प्रवेशिका पुरक परीक्षाको तयारी गर्न भनी टिउसन पढ्न भनेर आएकी किशोरीलाई आरोपित अङ्ग्रेजी विषयका शिक्षकल गेसपेपर दिने र परीक्षामा सहयोग गर्ने भन्दै डेल्टा ल्याङग्वेज र्इन्चियुटमा बोलाएर साउन १७ गते बलात्कार प्रयास गरेको पीडितपक्षको उजुरीमा उल्लेख छ । प्रहरीले आरोपितलाई साउन १८ गते गिरफ्तार गरेको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis