Incident Reports

कुटपिट गर्ने पति विरुद्ध प्रहरीमा उजुरी l

2013-08-27

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota दिब्यनगर गाविस-२ की २४ वर्षीया हरिमाया महतोले पति ५० वर्षीय भीमबहादुर महतोले कुटपिट गरेको आरोपमा भदौ ११ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालीका सेवा केन्द्रमा उजुरी दिइन् । आरोपित भीमबहादुरलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । घरमा सामान्य वादविवाद हुँदा पतिले भदौ १० गते बेलुका आफूलाई कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् । घरमा कोठाभित्र थुनी कुटपिट गर्दा पीडित हरिमाया बेहोस भएको पीडितकी आमा बुदनी महतोले बताइन् । आरोपित भीमबहादुरले भने सामान्य बादविवाद हुँदा आफूले एक झापड हानेको तर बेसरी नकुटेको दावी गरे । घटनाको थप अनुसन्धान गरी कानुनी प्रकृया अगाडि बढाउने महिला सेलकी प्रमुख तथा असई तुलसी परियारले बताइन् । कुटपिटबाट घाइते भएकी हरिमायाको चितवन मेडिकल कलेजमा उपचार पश्चात आज घर फर्किएकी छन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis