Incident Reports

हरिहरपुरगढीका गाउँपालिका प्रमुखलाई नेकपा कार्यकर्ताद्वारा राजीनामा दिन दवाब

2018-04-20

Bagmati, Sindhuli, Hariharpurgadhi

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव सहितको पत्र पठाएको छ । जनपरिषद्को पूर्वी ब्युरो (मेची, कोशी सगरमाथा र जनकपुर) को आधार इलाकाका रुपमा विकसित गर्ने र पुरानो सत्तालाई खारेज गर्ने भन्दै हरिहरपुरगढी गाउँपालिका खाली गर्न दवाव स्वरुप पत्र पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाउँपालिका खाली गर्न र उक्त अपिललाई वेवास्ता गरेमा परिणाम भोग्न समेत निर्देशन गरिएको छ पत्रमा उल्लेख छ । पत्र प्राप्त भएको मितिले १५ दिन भित्र राजिनामा सार्वजनिक भइसक्नुपर्ने समेत पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख डिएसपी विनोद शर्माले २०७५ वैशाख ८ गते पत्रकार सम्मेलन गरि लामालाई पठाएको पत्र सार्वजनिक गरेका छन् । उनले लामालाई जुनसुकै खालको सुरक्षा दिन प्रहरी तयार रहेकाले राजिनामा नदिई दैनिक कार्य सञ्चालन गर्न भेटेरै अनुरोध गरेको समेत बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments