Incident Reports

बलात्कार गरेको आरोपमा एक जना गिरफ्तारl

2013-08-28

Arjun Shah एक १२ वर्षीया सुस्त मनस्थितीकी भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जुकोट गाविस-१ का २८ वर्षीय उद्वबबहादुर शाहीलाई जुकोट प्रहरी चौकीले भदौ १० गते गिरफ्तार गरेको छ । जंगलमा घाँस काट्न गएकी बालिकालाई भदौ ७ गते शाहीले नियन्त्रणमा लिएर बलात्कार गरेको आरोपमा पीडितका आफन्तले शाहीका विरुद्धमा भदौ ८ गते प्रहरीमा किटानी जाहेरी गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रथामिक स्वास्थ्य चौकी कोल्टीमा भदौ ८ गते भएको थियो । बालिकाको थप उपचार समेत उक्त स्वास्थ्य चौकीमा भइरहेको छ । बालिकाको स्वास्थ्य स्थिति गम्भीर रहेको प्रहरीले जनायो । घटनाका बारेमा थप अनुसनधानका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा हिरासतमा राखिएको इन्सपेक्टर हिक्मत बोहराले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis