Incident Reports

हत्याका आरोपित पुर्पक्षका लागि जेल चलान l

2013-08-27

Province 1, Terhathum, Menchayam

Chhatra Rimal पौठक गाविस-७ की ४५ वर्षीया कौशिला लिम्बूको हत्या गरेको आरोपमा उनका पति ६२ वर्षीय नन्दबहादुर लिम्बु र भाइहरू ३५ वर्षीय गोविन्द लिम्बू, १९ वर्षीय मानबहादुर लिम्बू भदौ ११ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका छन् । पीडितलाई पतिसहित परिवारका सदस्यले जेठ २५ गते बेलुका कुटपिट पछि झुण्डाएर हत्या गरेको आरोपमा मृतकका भाइ राजबहादुर लिम्बूले आरोपीतहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २८ गते किटानी जाहेरी दिएका थिए । पीडितसँग १५ वर्षअगाडि दोश्रो विवाह गरेपछि चार छोरी समेत भएको अवस्थामा पतिले पटक/पटक कुटपिट गर्ने र घरबाट निकाल्ने गर्दै आएको राजबहादुरले बताए । उनका अनुसार जेठ २५ गते आत्माहत्या गरेको भन्दै आरोपित परिवारले प्रहरी मुचुल्का गरी जेठ २६ गते लासको जिल्ला अस्पताल तेह्रथुममा पोष्टम्यार्टम गरी दाहसंस्कार गरेका थिए । प्रहरीले आरोपित तीनै जनालाई अनुसन्धानका लागि साउन ५ गते गिरफ्तार गरी साउन २२ गते तारिखमा रिहाई गरेको थियो । पीडितपक्षले जिल्ला अदालतमा कर्तब्य ज्यान सम्बन्धी महलको (१३) ३ अन्तर्गत साउन २२ गते नै मुद्दा दर्ता गराएकोमा भदौ ११ गते पुर्पक्षका लागि आरोपित तीनै जना जेल चलान भएको जिल्ला अदालत तेह्रथुमले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis