Incident Reports

सात भारतीय नागरिक लागुऔषध र हतियारसहित वीराटनगरमा पक्राउ

2018-04-26

Province 1, Morang, Biratnagar

वीराटनगरमा ७ जना भारतीय नागरिक लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । गएराति वीराटनगरको नोवेल अस्पताल अगाडिबाट ७ जना भारतीयलाई ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । राति करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणको लागुऔषधसहित ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको वथनाहाका रोहितकुमार शर्मा, फारबिसगञ्जका प्रमोद भन्ने बिनोद यादव, मिल्की डुमरीयाका राजकुमार यादव, मिल्की डुमरीयाकै निलमदेवी यादव, सिमराहाका प्रकाशकुमार दास, रानीगञ्जका रञ्जीतकुमार शर्मा र बरारभत नाजाका सुरजनारायण यादव रहेकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरुको साथबाट प्रहरीले लागुऔषधसहित ३ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले प्रमोद भन्ने विनोदको साथबाट अमेरिकन पेस्तोल एक थानसहित त्यसमा लाग्ने ६ थान गोली पनि बरामद गरेको जानकारी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis