Incident Reports

झड्केलो छोराहरुको हत्या गर्ने दिलीप सिराहबाट पक्राउ

2018-04-27

Bagmati, Kathmandu, Kathmandu, Ward 9

वागमती किनारको सुकुम्बासी बस्तीमा दुई बालकको हत्या गरी भागेका दिलीप यादव पक्राउ परेका छन् । आफू लिभिङ टुगेदर बस्दै आएकी महिलाका दुई छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेर उनी फरार थिए । उनलाई सिराहबाट पक्रउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । उनले दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको तथ्य शुक्रबार खुलेको थियो । प्रहरीका अनुसार सुजन र सुजलकी आमा सम्झना सरदार दशैं अघिदेखि दिलीपसँग ‘लिभिङ टुगेदर’मा थिइन् । प्रहरीसँगको प्रारम्भिक बयानमा दिलीपले सम्झना आफूबाट टाढा हुँदै गएको र उनी विराटनगर गएपछि नफर्किएका कारण छोराहरुको हत्या गरेको बताएका छन् । सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिइन् । तर, दुबै बालकको शव घरमै भेटिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media , INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports