Incident Reports

बालिका बलात्कारका आरोपी विरुद्व उजुरी l

2013-08-29

Mangal Begha एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका अविभावकले रानीगाउँ गाविस- ७ घर भई हाल फिदिम गाविस-३ बस्ने ३६ वर्षीय नविन सम्बाहाम्फे विरुद्व भदौ १३ गते उजुरी दर्ता गरेका छन् । बालिकालाई आरोपित सम्बाहाम्फेले भदौ १ गते घरनजिकैको खोल्सीमा लगेर बलात्कार गरेको अविभावकले बताए । उनको जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको छ । उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । घटना सार्वजनिक भएपछि आरोपित सम्बाहम्फे फरार भएका छन् । घटना अगाडिको भए पनि प्रहरीलाई जानकारी नभएको र सूचना पाउन साथ प्रहरी परिचालन गरी बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर संजिव बाबु खड्काले बताए । फरार अभियुक्तको खोजि भईरहेको समेत इन्सपेक्टर खड्काले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis