Incident Reports

शिक्षकमाथि भएको दुर्व्यहारप्रति ध्यानाकर्षण l

2013-08-29

Sudeep Kaini नेकपा-माओवादीका कार्यकर्ताले मुच्चोक गाविस-३ मुच्चोकटार निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रलाल अधिकारीमाथि भएको दुर्व्यवहार प्रति भदौ १३ गते जिल्लामा क्रियाशिल मानवअधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । भदौ ११ गते दिउँसो अधिकारीलाई विद्यालय परिसरमा नै कालोमोसो लगाई अमानवीय तथा अपमानजनक व्यवहार गरिएको घटनाप्रति विज्ञप्ति प्रकाशित गरी मानवअधिकार सञ्जाल गोरखाका अध्यक्ष ऋषि खनाल, नेपाल मानवअधिकार संगठन, गोरखाका अध्यक्ष दिलबहादुर बस्नेत, पश्चिमाञ्चल मानवअधिकार रक्षक सञ्जाल, पोखराका सदस्य काजीराम रोका र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गोरखाका प्रतिनिधि सुदिप कैनीले ध्यानाकर्षण भएको बताएका हुन् । 'विद्यालयमा पठनपाठन गराई रहेका शिक्षकलाई लछार/पछार गर्दै कार्यकक्षबाट बाहिर निकालेर गरिएको यसप्रकारको अपमानजनक घटनाबाट मानवअधिकारको गम्भीर उल्लङघन गरेको हाम्रो ठहर छ ।' विज्ञप्तिमा लेखिएको छ 'यस्ता घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन र पीडितलाई न्याय दिलाउनका लागि हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ।' उनीहरूले आगामी दिनमा जिल्लामा यसप्रकारका कुनैपनि मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना हुन नदिन र मानवअधिकारको पूर्ण पालना गर्न सरोकारवाला निकायसँग अपिल समेत गरेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis