Incident Reports

बालिका बलात्कारको आरोपमा भारतीय नागरिक गिरफ्तार l

2013-09-01

Sitaram Adhikari एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत सिपम जिल्ला सिमराई गाविसको १८ वर्षीय राकेश यादवलाई प्रहरीले भदौ १६ गते गिरफ्तारपछि जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । घरमा कोही नभएको वेलामा बालिकालाई भदौ १५ गते वलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जनाएको छ । आरोपितले बलात्कार गरेको बालिकासँगै खेलीरहेकी अर्की बालिकाले देखेपछि बालिकाको आमालाई खबर गरेर स्थानीयको सहयोगमा आरोपित यादवलाई नियत्रणमा लिएर वैरेनी प्रहरी चौकीमा वुझाएका थिए । भदौं १५ गते इलाका प्रहरी कार्यालयले यादवलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा जबजरजस्ती करणीको मुद्दा दर्ता भई आरोपित अहिले प्रहरीको हिरासतामा छन् । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis