Incident Reports

कोहलपुरका व्यवसायी खड्कामाथि आक्रमण

2018-05-05

Lumbini, Banke, Kohalpur

कोहलपुरका युवा व्यावसायी दिपक खड्कामाथि गएराती आक्रमणको प्रयास भएको छ। उद्योगबाट काम सकेर घर फर्कने क्रममा कोहलपुर ११ स्थित चारलेन सडकमा खड्कामाथि अपरिचित समूहले आक्रमण गरेको हो। गएराती साढे ८ बजे दुई जनाको समूहमा आएका व्यक्तिले खड्का सवार बा ८ च ३९१८ नम्बरको जीपमा तोडफोड गर्दै आक्रमणको प्रयास गरेको हो । आक्रमणबाट गाडीको अगाडिका सीसा फुटेका छन् भने खड्कालाई सामान्य चोट रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। प्रहरीका अनुसार खड्कामाथि आक्रमण गर्ने फरार छन् । आक्रमणकारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports