Incident Reports

देवरको कुटपिटबाट भाउजु घाइते

2018-04-01

Madhes, Parsa, Dhobini, Ward 4

पर्सा जिल्ला धोबिनी गाउँपालिका वडा नम्बर ४ बरखी बस्ने नारायण प्रसाद कानुको ५० वर्षीय हरिनारायण प्रसाद कानुको ५० वर्षीय पत्नी श्रीमती पुनम देवी साह कानुलाई देवर जनार्दन शर्मा र निजका दुई छोरा सोनु, मोनु मिलि कुटपिट गरेको आरोप लगाएकी छिन् । विरगंजमा पत्रकार सम्मेलन गरि पुनम देवीलव जग्गा विवादको विषयलाई लिएर देवर लगायत निजका दुई छोरा मिली घरबाट निकाला गर्न लागेको र आफ्ना पति हरिनारायण सहित आफुलाई कुटपिट गरेको आरोप लगाएकी छिन् । उनले देवर र उनका दुई छोराको कुटपिटबात पुनम देवीक टाउको, छाती, कुलो लगायतका ठाउमा चोटपटक लागेको छ भने टाउकोमा गम्भीर चोट पटक लागेको छ । चैत १८ गते देवरको कुटपिटबाट घाइते भएको पुनम देवीलाइ उपचार लागि विरगंज स्थित नारायण उपक्षेत्रीय अस्पतालमा ल्याईएको थियो भने थप उपचारको लागि नेशनल मेडिकल कलेजमा गम्भीर चोट लागि सिटि स्कान लगायत अन्य चेकजांच गर्नु परेको डाक्टरले भनेतापनि निजद्वयसंग पैसा अभावकको कारण चेक जांच कार्य रोकिएको छ । कुटपिट गर्ने देवर तथा निजका दुई छोरालाइ प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । पिडितले प्रहरी समक्ष पुग्दा पनि अहिलेसम्म न्याय समेत नपाएको गुहार गरिन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports