Incident Reports

Truck torched in Ilam

2018-05-05

Province 1, Ilam, Illam

A group of unidentified persons torched a pick-up truck laden with goods at Puwakhola in Ilam Municipality-4 of Ilam along the Mechi Highway on Saturday. According to the District Police Office, Ilam, a group of five to seven persons torched the truck (Me 1 Cha 78) heading towards Phidim from Birtamode this morning, police said. RSS मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ। बिहान साढे २ बजेतिर राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । चालक बिब्ल्याँटे बजारमा शुक्रबार राती बास बसेर शनिबार बिहान पाँचथर जाँदै थिए । ‘आगजनीबाट गाडीको ड्राइभर बस्ने सिट जलेको छ, करिब २ लाख रुपैयाँको क्षति भएको अनुमान छ,’ उनले भने । आगजनी गर्ने समूहको खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिए। यातायात व्यवसायीले शुक्रबार देशभर यातायात बन्द आह्वान गरेका थिए । तर, व्यवसायीको बन्द शनिबारदेखि फिर्ता भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि बन्द आह्वान गरेकाले मेची राजमार्गमा सवारीका साधन पातलो गरी चलेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments