Incident Reports

अज्ञात समूहद्वारा गाडीमा आगजनी

2018-05-05

Province 1, Ilam, Illam

RSS मेची राजमार्गको इलाम नगरपालिका खण्डमा शनिबार बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेका छन्। झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको १ च ७८१५ नम्बरको गाडीमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै पुगेपछि आगजनी गरिएको प्रहरीले जनाएको छ। बिहान साढे २ बजेतिर राजमार्ग छेउको जंगलबाट निस्किएको ५–७ जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । चालक बिब्ल्याँटे बजारमा शुक्रबार राती बास बसेर शनिबार बिहान पाँचथर जाँदै थिए । ‘आगजनीबाट गाडीको ड्राइभर बस्ने सिट जलेको छ, करिब २ लाख रुपैयाँको क्षति भएको अनुमान छ,’ उनले भने । आगजनी गर्ने समूहको खोजी भइरहेको डिएसपी बस्नेतले जानकारी दिए। यातायात व्यवसायीले शुक्रबार देशभर यातायात बन्द आह्वान गरेका थिए । तर, व्यवसायीको बन्द शनिबारदेखि फिर्ता भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि बन्द आह्वान गरेकाले मेची राजमार्गमा सवारीका साधन पातलो गरी चलेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa

0 Comments