Incident Reports

प्रहरी हिरासतमा भएको कुटपिट प्रति मानवअधिकारकर्मीको ध्यानाकर्षण l

2013-09-09

प्रेमबहादुर पुनले बताए । उनले पीडित गुरुङको मेरुदण्ड भाँचिनुका साथै पिसाव थैलीमा रगत जमेको बताउँदै मृगौलामा समेत असर परेको बताए । यसैबीच, शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्की र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी पीडकलाई कानुनी कारबाही र पीडितको उचित उपचार तथा क्षतिपूर्तिसहित न्यायको प्रत्याभूति दिलाउन सरोकारवाला निकायसँग माग गरेको छ । सञ्जालका संयोजक विष्णुप्रसाद बराल र इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलद्वारा प्रकाशित विज्ञप्तिमा घटनामा प्रहरीको ज्यादती भएको र प्रहरी, प्रशासन घटनाप्रति जवाफदेही बन्न नसकेको तथा पीडितमाथि सार्वजनिक अपराधको मुद्दा चलाएको उल्लेख छ । नागरिकको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनबाट नै यसप्रकारका गम्भीर घटना हुनुले आमनागरिक प्रहरीको सुरक्षा व्यवस्थाप्रति विश्वसनीय हुन नसक्ने प्रष्ट भएको उल्लेख गर्दै विज्ञप्तिमा यातना तथा अन्य क्रूर अमानवीय र अपमानजनक व्यवहार वा दण्ड विरुद्धको महासंन्धीको पालना गर्नसम्पूर्ण सरोकारवाला निकायसँग आग्रह गरिएको छ । साथै आगामी दिनमा यस प्रकारका घटना नदोहोर्‍याउन तथा मानवअधिकारको सम्मान गर्नका लागि सम्बन्धित निकायसँग विज्ञप्तिमार्फ आग्रह गरिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis