Incident Reports

दिल्लीबाट दुई नेपाली चेलीको उद्धार

2018-04-23

Lumbini, Banke, Nepalgunj, Ward 2

भारतको राजधानी नयाँ दिल्लीबाट दुई नेपाली चेलीको उद्धार गरिएको छ । माइती नेपालको क्राइम बेन्च र रेस्क्यु फाउन्डेसनको सहकार्यमा भारतको राजधानी नयाँ दिल्लीदेखि जीवी रोडबाट १७ र १८ बर्षिय दुइजना युवतीको उद्धार गरेको हो । जसमध्य १८ बर्षीय युवतीको साथमा १ बर्षिया छोरी समेत थिईन । उद्धार गरिएका चेलीहरुको दिल्लीस्थित नारी निकेतनको सेल्टरमा राखिएको माइती नेपालले जनाएको छ । जीबी रोडमा ७ जना नेपाली युवतीलाई यौन पेसामा लगाइएको सूचना प्राप्त भएपनि नाबालक सहित ३ जनाको मात्र उद्धार गर्न सफल भएको माइती नेपालले जनाएको छ । ५ जना युवतीलाई कोठी संचालकले अन्यत्रै स्तानान्तरण गरिसकोको माती कार्यालय नेपालगन्जका संयोजक केशब कोइरालाले जानकारी दिए ।
Local Newspaper - Banke , Local Newspaper - Kanchanpur

0 Comments