Incident Reports

Death treat to journalist for publishing the news

2018-05-10

Karnali, Kalikot, Raskot, Ward 1

30-year-old Journalist Pavitra Kumar Shahi of Naagrik Daily (Western Edition), located in Raskot Municipality-1, was threatened to be murdered on May 10. On May 7, he published a news titled 'Ward Chief under Police investigation', because of which he got a threatening call from 35-year-old Nawaraj Sanjyal, Ward Chief of Ward no. 1 and 40-year-old Dayaram Simkhada, ward chief of Ward no. 2. Police has already arrested Sanjyal for making noise under the influence of alcohol. Sanjyal called from the number 9848329898 and Simkhada called from 9848311635. रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख २७ गते मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । नागरिक दैनिकको पश्चिमेली संस्करणमा वैशाख २४ गते ‘वडाध्यक्ष प्रहरी फन्दामा’ शीर्षकको समाचार प्रकाशित गरेको आरोपमा वडा नम्बर १ का वडाअध्यक्ष ३५ वर्षीय नवराज सञ्ज्याल र वडा नम्बर २ का वडाअध्यक्ष ४० वर्षीय दयाराम सिम्खाडाले शाहीलाई मोबाइलबाट मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । वडाध्यक्ष सञ्ज्याललाई सुर्खेतमा मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी प्रहरी हिरासतमा राखी रिहा गरेको थियो । उक्त समाचार शाहीले नागरिक दैनिक र मिसन न्युज अनलाइनमा प्रकाशन गरेका थिए । पीडित पत्रकार शाहीका अनुसार वडा नम्वर २ का अध्यक्षले एउटै नगरपालिकाको सहकर्मीको समाचार प्रकाशन गरेको भन्दै धम्की दिएका हुन् । सञ्ज्यालले ९८४८३२९८९८ नम्बरको मोबाइलबाट अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएको र सिम्खाडाले ९८४८३११६३५ नम्बरको मोबाइलबाट पटकपटक धम्की दिएको पीडितको आरोप रहेको छ । आरोपित वडाध्यक्षद्वयले आफूहरूले धम्की नदिएको बताएका छन् । उनीहरूले व्यक्तिगत रिसिइबीमा कुनै मिडियामा नआएको झुठा समाचार छापेर आफ्नो मानहानी भएको बताएका छन् । घटनाका विषयमा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले वैशाख २८ गते विज्ञप्तिमार्फत निन्दा गरेको छ । महासचिव दिपेन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकार धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments