Police arrested Netra Bikram Chand led CPN's cadre Dil Bahadur Saud while he was giving a radio interview on Sunday afternoon around 3:00pm. Saud was giving interview at a Lamki based radio station. Journalists in Lamki including Yuwaraj Neupane condemned Saud's arrest from the radio station. SP Binod Ghimire of DPO Kailali informed that Saud is in the custody of DPO Kailali.
कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई लम्कीस्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ ।
रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदादिँदै नेकपाका दिलबहादुर साउँदलाई पक्राउ गरेको हो । बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसँग अन्तरवार्ता लिदै थिए ।
उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार न्यौपानेसहित लम्कीका पत्रकारले आपत्ति जनाएका छन् ।
त्यस्तै सञ्चार गृहमा प्रहरी प्रबेश गरेर तानाशाही देखाएको भन्दै त्यस्को चर्को बिरोध भएको छ । दिउँसो करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय लम्किले साउँदलार्इ रेडियो स्टेशनबाटै पक्राउ गरेको थियो ।
साउदलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।