Incident Reports

हतियार सहित २ जना पक्राउ

2018-05-07

मकवानपुरको ठिंगनबाट प्रहरीले भरुवा बन्दुक तथा अवैध लागूऔषद गाँजासहित २ जनालाई पक्रेको छ। ईलाका प्रहरी कार्यालय ठिंगनको टोलीले बकैया गाउँपालिका-११ मोरंगे बस्ने ३० बर्षीय झलकमान न्यासुरको घरबाट १ थान भरुवा बन्दुक फेला पारेको हो भने विजय योन्जनको खाली गोठबाट पनि एक थान भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। बन्दुक सहित न्यासुर र योन्जन दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बधाइएको उनले बताए।
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis