Incident Reports

नागरिकता बनाउन दबाब दिएकै कारण महिलाको हत्या l

2013-09-07

Madhes, Bara, Parwanipur

Laxmi Sah Sonar प्रस्टोका गाविस-२ की २२ वर्षीया मोफिदुन नेसाको परिवारबाटै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नागरिगता बनाउन पति र सासुलाई दबाब दिएकै कारण नेसाको डोरीले कसेर भदौ १९ गते राति हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले नेसाकी ४५ वर्षीया सासु नुरबानी खातुनलाई गिरफ्तार गरेको छ । उनकी पति २६ वर्षीय फिरोज अंसारी हत्या भएकै दिनदेखि फरार छन् । घटनाको समयमा प्रतिकारको क्रममा उनको शरीरमा समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । नेसाका बुबा सैफुल्लाह अंसारीले २०७० भदौ २२ गते जिल्ला प्रहरीमा नुरबानी र ज्वाईंविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनकी सासु खातुनलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान थालेको हो । नेसाकी विवाह भएको चार वर्षपछि नागरिकता बनाइदिनु भन्दै पति र सासुलाई घरमा तथा प्रहरी प्रशासनमा उजुरी दिएर नागरिकता बनाउन लगाएपछि नागरिकता बनाइदिएको एक महिना नबित्दै उनकी हत्या भएको प्रहरीका अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis