Two students of Itteshwori Primary School in Tamakoshi rural municipality in Ramechhap district has been physically assaulted by their headmaster.
The victim child has lodged the complaint in the area police on Friday. An accused principal has beaten grade 7 students Budhha Tamang and Lakpa Tamang on 15th May. Principal Timilsina said that Budhha, Lakpa, and Ganesh Budhathoki made their friend Sangbir Tamang to drink urine in a mineral water bottle, later they were forced to drink the same as a punishment, and when they refused to drink he slapped them. The school management committee is further investigating the case.
लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ ।
पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् ।
प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधि गर्ने विद्यार्थीलाई सामान्य कारबाही गरेको बताएका छन् । उनका अनुसार जेठ १ गते वुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटर बोतलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो । त्यसपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही पानी पिउन दिएको र नमाने पछि पाइपको टुक्राले हिर्काएको तिमिल्सिनाले बताए ।
कारबाहीको क्रममा बोतलको पानी वुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताए । उनले कक्षा ९ कि छात्रा ममिता तामाङलाई जेठ २ गते साथीसंग झगडा गरेको भन्दै कुटपिट गरेका छन् । प्रधानाध्यापक तिमिल्सिनाले ममिता गाजा खाएर विद्यालय आउने र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको बताए ।
प्रधानाध्यापकमाथिको गुनासोको विषयमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएको थियो । तर प्रधानध्यापक नआएपछि बहुमतको निर्णयमा प्रधानध्यापकलाई हटाएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए । उनका अनुसार अब प्रहरीमा संयुक्त उजुरी दिने र कारबाहीको लागि सिफारिस गरिनेछ ।
प्रधानाध्यापक तिमिल्सिनाले भने ब्यवस्थापन समितिको बैठकबारे आफूलाई जानकारी नभएको, गाउँपालिका अध्यक्ष र वडाअध्यक्षसंग राम्रो सम्बन्ध नरहेकै कारण घटना तोडमोड गरेर आरोपित गरिएको बताए । आफूलाई प्रधानाध्यापकबाट हटाउन गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले खेल खेलेको उनले बताए ।