Incident Reports

भरुवा बन्दुक बरामद

2018-05-18

Province 1, Terhathum, Aathrai, Ward 2

आठराई गाउँपालिका-२ खम्लालुङस्थित जंगलको कच्ची बाटोबाट शुक्रबार १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय आठराईबाट खटी गएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा हाल नाम, थर, वतन नखुलेका करीव २५ वर्षीय पुरुषले उक्त भरुवा बन्दुक बाटोमा फालेर जंगलतर्फ भागेपछि प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । फरार ब्याक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis