Nepal Communist Party led by Biplov Maoist has threatened three municipality chief, three Rural Municipality chief and 13 local level representatives alleging them of being corrupted.
The District Jana Parishad of the party has made a public appeal and demanded the representatives to return back the corrupted money and mass apologies to the public.
A press statement released by the chief Pratik of Jana Parishad has accused mayor Govinda Pun of Kupinde Municipality, mayor Lok Man Budathoki of Bagchaur Municipality , mayor Suresh Adhikari of Sharada Municipality, chairperson Man Bahadur Chalaune of Siddha Kumakh Rural Municipality, chairperson Man Bahadur Dangi of Triveni Rural Municipality and chairperson Bhim Bahadur Sen of Karpurkot Rural Municipality of corruption and demanded to return the money misused. The statement has also urged not to do such anomalies in coming days. The party has accused them of doing financial irregularities by presenting fraud bills.
The party has also accused other 7 ward chairmen of mishandling funds. The local representatives who have been alleged of fund mishandling have denied the allegation and said that they were alleged as they denied for the donation demanded by the party.
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘भ्रष्टाचारी’ भन्दै तीन जना नगरपालिकाका प्रमुख र तीन जना गाउँपालिकाका अध्यक्षसहित १३ जना जनप्रतिनिधिलाई धम्की दिएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तत्काल भ्रष्टचार गरेको रकम फिर्ता गर्न र जनता सामु माफी माग्न सो पार्टीको जिल्ला जनपरिषद्ले जेठ ७ गते सार्वजनिक अपिल गरेको छ ।
नेकपाका सल्यान जनपरिषद् प्रमुख प्रतीकले जारी गरेको प्रेस विज्ञप्तिमा कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुन, बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी र शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी, सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर चलाउने, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी र कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादु सेनलाई ‘भ्रष्टाचार’ गरेको रकम फिर्ता गर्न र आगामी दिनमा जनविरोधी क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गर्न आग्रह गरिएको छ । उनीहरूले नक्कली विल पेश गरेर रकम खाएको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।
विभिन्न नगरपालिका र गाउँपालिकाका गरी ७ जना वडाध्यक्षलाई पनि भ्रष्टाचार रकम जनताबिच याचनासहित फिर्ता गर्न र आइन्दा जनताको हितविपरीत कार्य नगर्ने प्रतिबद्धता जनाउन भनिएको छ ।
शारदा नगपालिका-८ का अध्यक्ष जुद्धबहादुर बुढाथोकी, वडा नं ६ का अध्यक्ष भिकराज बुढाथोकी, वडा नं १२ का अध्यक्ष दीपक हमाललाई स्थानीय तहमा बसेर राज्य कोषको रकम भ्रष्टाचार गरेको भन्दै फिर्ता गर्न भनिएको छ ।
त्यसैगरी बागचौर नपा-५ का अध्यक्ष डिल्ली वली, वडा नं ८ का अध्यक्ष रोमु शाही, दार्मा गाउँपालिका-६ का अध्यक्ष दुर्गा मल्ल र वडा नं २ का अध्यक्ष डिल्ली केसीलाई पनि भ्रष्टाचार गरेको रकम जनताबिचमा उपस्थित भएर फिर्ता गर्न र आइन्दा त्यस्तो जनविरोधी क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाउन भनिएको छ ।
भ्रष्टाचारको आरोप लागेका जनप्रतिनिधिले भने सो पार्टीले आफूहरूसँग मोटो चन्दा मागेको र सो दिन नमानेपछि यसरी बदनाम गर्न खोजेको प्रतिक्रिया दिएका छन् । एक वर्षदेखि कसैसँग एक रुपियाँ त के तलब समेत नखाएर जनताको सेवामा खटिएको कपुरकोट गाँउपालिकाका प्रमुख भिम बहादुर सेनले बताए ।
शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले यसरी आरोप लगाउनु भन्दा प्रमाण लिएर आएमा आफू जस्तो सुकै सजाय भोग्न तयार रहेको बताए । निस्वार्थ भावनाले जनताका लागि काम गरिरहेको बताउँदै उनले आगामी दिनमा पनि निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्ने बताए ।