Incident Reports

Janakpur Today: A dalit kid beaten for touching the tap

2018-05-16

Madhes, Sarlahi, Ishworpur, Ward 12

12-year-old Arpan Bishwokarma, a resident of Ishwarpur Municipality-12, Sunkepur was beaten for touching the tap. The boy is currently being treated in a local hospital. After the incident, HRD Indrajit Sahani, Rajesh Paswan, President of Social Welfare Council, Sarlahi, Bishnu Darji and journalists Suru Sunuwar and Prem Nepali have jointly started investigating about this issue. They have demanded strict action to be taken against the ones involved in this incident. सर्लाहीमा एक दलित नाबालक माथि धारा छोएको भन्दै कुटपिट गरिएको छ। इश्वरपुर नगरपालिका वडा नं १२ स्थित सुन्केपुर धारीबथानमा स्थानीय विमला विश्वकर्मा १२ बर्षीय छोरा अर्पण विश्वकर्मालाई स्थानीय एक गैर दलित महिला जमुना थापाले थापाले धारामा पानी भर्न जाँदा गाग्री छोएको निहुँमा निर्घात कुटपिट गरेकी छन्। कुटपिटबाट घाइते भएका दलित बालकको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा स्थानीय अस्पतालमा पुगेपछि घटना बाहिर आएपछि मानवअधिकारकर्मी इन्द्रजीत सहनी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको अध्यक्ष राजेश पासवान, मानवअधिकार रक्षक संजाल सर्लाहीका सदस्य बिष्णु दर्जी, पत्रकारद्वय सरू सुनुवार र प्रेम नेपालीको संयुक्त टोली घटनाको बिषयमा स्थलगत अनुगमन गरी दोषी उपर प्रचलित कानुन अनुसार कडा कारवाहीको माग गर्दै जिल्लामा प्रहरी कार्यालय मलंगवामा जाहेरी दिने तयारी गरिरहेको अनुगमन टोलीले बताएको छ। एउटा निर्दोष बालक माथि भएको कुटपिटको घटना प्रति आपत्ति जनाउँदै राष्ट्रिय सभा सदस्य एवं दलित अधिकारकर्मी माननीय रामप्रित पासवानले नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भैसक्दा पनि छुवाछुत सम्बन्धि घटनाका मुद्दाहरु न्यून मात्रामा अदालतमा दर्ता हुनु समाज तथा प्रहरीबाट कानुन कार्यान्वयन गर्नु भन्दा मेलमिलापमा बढी जोड दिनु चेतना र दलितको सरकारी निकायमा पहुँचको अभाव जस्ता घटनाहरु घट्नुको मुख्य कारम रहेको बताउनुभयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments