Incident Reports

सामूहिक बलात्कार पीडित पूजाको रक्षा नेपालमाथि गम्भिर आरोप : ‘यातना दिन्थे, बाहिर कसैलाई भनिस् भने मार्छु भन्थे’

2018-06-01

Bagmati, Kathmandu, Kathmandu

मैले दिने मिडियाको धेरै अन्तवार्तामा मेनुकाले भनेको जस्तै गर्नुपथ्र्याे भनेन भने घरमा गएपछि गाली गर्ने, पिटाई पनि खानुपथ्र्याे । कलेज र रक्षा नेपालको कार्यालय हिडेर जाने आउने गर्थे । अहिलेसम्म ल यति खाजा खा भनेर कहिले पनि पैसा दिएको छैन । राती १२ बजेसम्म भाडा माझेन भने ‘तेरो बाउ आमा छन् यहाँ खाना पकाएर दिनलाई । सिन्को नभाची खान आउँछ ?’ नत्र तेरो स्कुलको फि कहाँ बाट तिर्नु ? तेरो बाउ, राम सिंह बोहोराले आएर तिर्छ ?’ भनेर जहिले मलाई गाली गर्थे । जसका कारण म मानसिक रुपमा बिछिप्त हुन्थे । म मात्र होईन त्यहाँ रहेका भाई बहिनीहरुलाई यस्तै शारीरिक तथा मानसिक पीडा दिन्छन् । त्यति मात्रै होईन पूजा थापा र मेनुका थापा महिनावारी हुँदा लगाईएको भित्री कपडा पनि साना—साना भाई बहिनीहरुलाई धुन लगाइन्थ्यो । जुन देख्दा मलाई मानवको उद्धार गर्ने संस्थाको व्यक्तिसँग मानवता नभएको जस्तो लाग्थ्यो । कमसे कम महिनावारी हुदाँ प्रयोग गर्ने भित्री कपडा आफैले सफा त गर्नु पर्छ नी । त्यो सम्झदा मलाई सामाजिक काम गर्ने अनि भित्री रुपमा यस्तो देख्दा उनीहरुको वास्तविक कुरा बाहिर ल्याउन मन लाग्थ्यो । तारको लठ्ठीले पिट्थे उनीहरुको विरुद्धमा कुरा गर्दा तारको लठ्ठीले पिट्थे । रक्षा नेपालको अफिस अहिले लैनचौरमा रहेको छ तर भाईबहिनीलाई सतुङ्गलको एउटा घरमा राखिएको छ । सबैजना भाईबहीनी त्यही छन् । बिदेशीहरु पनि छन् । मलाई मात्रै निकालिएको छ त्यहाँबाट । एसएलसी पछि केही काम सिक्छु भन्दा त्यहाँको भाडा मात्रै माझ्न लगाइयो । मेरो कुरा कुनै पनि सुनेनन् । कक्षा ११ आदर्श योगमा पढेँ त्यो भन्दा पहिला म तेक्वान्दो खेल्नको लागि कोरिया गएको थिए । त्यसमा पनि मैले गोल्ड मेडल लिएर आएको थिएँ । रक्षा नेपाल बाट म लगायत ९ जना गएका थियौँ । मैले गोल्ड मेडल लिएर आउँदा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले तैले मैले गरेर ल्याएकीहोस् भनिन् । त्यो गोल्ड मेडल र मैले जितेका प्रमाणपत्र उनले आफ्नो दराजमा ताला लगाएर राखिन् । ११ कक्षा लैनचौरको आदर्श कलेजमा व्यवस्थापन विषय पढेँ । पहिलो श्रेर्णीमा पास गरे । त्यति बेला पनि मेनुका थापाले बढाई चढाई समाचार लेखाउन लगाउनु भयो । मेरो कुरा एउटा र मेनुका थापाको कुरा अर्काे हुथ्यो । त्यो कारणले पनि मलाई साथीहरुले नराम्रो दृष्टिले हेर्थे । किन कि मेरो रिजल्ट मेरो साथीहरुलाई पनि थाहा हुन्थ्यो । कक्षा १२ जनकनाथ मेमोरियल कलेजमा पढेकी हुँ । यता पनि मासिक शुल्क तिरेको थिएन । जब १२ को परिक्षा आयो त्यो बेलामा पनि बढाईचढाई कुरा मिडियामा आएको थियो । ६ हजार तिर्न नसकेर मैले कक्षा १२ को सर्टिफेकेट ल्याउन सकेको थिइँन । सर र म्यामसँग हात जोडेर मेरो घटनाको बारेमा भने पछि प्रमाणपत्र दिनुभएको थियो । मैले झुटो बोलेको भए कलेजमा गएर सोध्दा हुन्छ । जहिले पनि मलाई बिचरा बनाइन्थ्यो । मेरो लागि आएको पैसा पनि मलाई दिइँदैनथ्यो । मलाई थाहा भएको कुराहरु पनि नियन्त्रणमा लिएर दबाउने काम गर्नुहुन्थ्यो । जहिले बाहिर जाने कपडा किन्दा छुट्याउथे । पैसा छ भन्ने थाहा थियो । तर किनिदिन्न थिए । मसँगै भएको कुमारी दिदीलाई ल्याबटप, मोवाईल दिएको थियो तर मलाई थिएन । हुनत मैले यो विलाशीताका बस्तु भनेर मोज गर्न खोजेको होइनँ तर मलाई आवश्यकता भए पनि दिइँदैन थियो । मलाई चाहिएको कुराहरु पनि उपलब्ध हुँदैन थियो । मैले जति भन्दा पनि उल्टो कुरा गर्थे । भाडा माग्दा तेरो बाउले दिएको छ र मैले पैसा दिनु भन्थे । रक्षा नेपालमा मान्छेहरु आउँदा जहिले मलाई चियाँ बनाउन भाडा माझ्न मात्रै लगाउँथे । त्यहाँको भाई बहिनीसँग घुलमिल गर्ने बातावरणनै बन्द गर्दीन्थे । ‘रक्षा नेपालको यो कुरा बाहिर कसैलाई भनिस कि मार्दिन्छु भन्दै पिट्थ्ये’ । १२ को परिक्षा आएपछि ‘ल’ पढ्ने मेरो इच्छा थियो । ल पढ्ने कुरा भन्दा पनि ल आफै पढ्न भन्थे । अनि गाडी भाडा माग्दा रिसेप्सनमा बस्ने मुना दिदीले मेनुकासँग माग भन्ने अनि मेनुकाले मुनासँग माग भन्दै टार्थे । म हिँडेर कलेज जाथ्ये मैले यो कुराको बारेमा भन्ने आट कसैसँग पनि गरिनँ । जे भए पनि पिडाको बेलामा मेरो उद्धार गर्ने व्यक्तिको किन खेदो खन्नु पछि राम्रो हुन्छ होला भन्थे । तर, कहिले पनि राम्रो भएन् । ‘ल’ पढ्ने समयमा मसँग कापि किन्ने पनि पैसा थिएन् । खाना खाने बेलामा पनि म रुदै आशुसँग खाना खान्थे । चक्रवर्ती ‘ल’ कलेजमा पढेँ । त्यहाँ स्वागत बाबाले पनि सहयोग गरे । अनि अहिले म दोस्रो वर्षमा अध्ययनरत छु । कलेजमा साथीहरुले तेरो त भर्ना पनि गरेको छैन् किन पढ्न आएको भन्ने प्रश्न गर्थे । सबै प्रश्नको उतर म संग थिएन् । फेरि म यस्तो केटी हो मिलाउनु हुन्छ होला भन्दै पिडाको कुरा बाध्य भएर दोहोर्याउनु पथ्र्याे । अस्ती परिक्षाको फारम भर्दा पनि मसँग पैसा थिएन् । कलेजमा पनि मेरो २ वटा नाम थियो । साथीहरुले तेरो दुईवटा नाम किन ? किन यसरी दुईवटा नाम राखेको भनेर प्रश्न गर्थे । तर कलेजको सर म्यामले मेरो पिडा बुझेर भर्ना नगरे पनि पढ्न दिनुभयो । यस्तै गएको मंसिर १७ गते मलाई मेनुका थापाले गल्स होस्टेल मध्यबानेश्वरमा राखिन् । अनि मेनुका थापाले होस्टेलमा बसेको कुरा अरु कसैलाई भनिस् भने राम्रो हुँदैन भनेर तेरो मेरो सम्बन्ध टुट्छ भनेको थियो । पछि थाहा भयो त्यहाँ होस्टेलको मान्छेसँग कुनै पनि सम्झौता गरिएको रैनछ । ७ महिनासम्म पैसा तिरेको रैनछ । होस्टेलमा मलाई जहिले रुम सारेको सारेकै गर्थे । उज्यालो र अँध्यारो दुई प्रकारको कोठा रैछ । तर मलाई जहिले अध्यारो कोठामा राखिथ्यो । अध्यारो कोठामा बस्दा गाह्रो भयो भने पछि उज्यालो कोठामा एक दिन बस्न दिएको थियो । अनि होस्टेल सञ्चालकले मेरो महिनामा ९ हजार तिर्ने मान्छे आयो तिम्रो ७ महिना भयो पैसा पनि तिरेको छैन होस्टेल छाडेर जाउ भने । होस्टेल बस्दा म एक दिन बिरामी हुँदा अध्यक्ष मेनुका थापालाई कल गरेको थिए । उनले तैले नाटक गरेको हो । बिरामी भएको होइन भन्ने जवाफ आयो । त्यस पछि होस्टेलको मान्छेले जिम्मा लिएको मान्छेले यस्तो भनेपछि हामीले पनि जिम्मा लिन नसक्ने भन्दै आधा घण्टामा होस्टेल खाली गर्न लगाए । अनि फेरि रक्षा नेपालमानै आए । अब यता भाईबहिनीसँग पनि मिल्दैन्स होला अब जहाँ सुकै जा भनेपछि म छाँगाबाट खसेको जस्तै भएँ । रक्षा नेपालमा बस्ने सबैलाई ५ बजे पछि ताल्चा लगाउनु यो कहाँ जान्छे जाओस् भनेका रैछन् । म त्यो बेलामा भाउजूको ठूलो बाबा कहाँ गएर बसेँ । भोलिपल्ट आएर मलाई किन यस्तो गर्नुभएको आमा भन्दा ‘अहँ, अब म तेरो जिम्मेवारी लिन सक्दिन जहाँ सुकै जा भने ।’ फेरि म रक्षा नेपालको रिसेप्सनमा काम गर्ने दिदी मुनाको पछि लागे त्यो बेलामा मेनुका थापा लैनचौरको सिफट् क्याफेमा बसरहेकी रैछिन् । मलाई देख्ने बितिकै मोबाईलले हान्नुभयो मेरो नाँकबाट रगतको धारा बग्यो । त्यो बेलामा मुना दिदी साक्षी हुनुहुन्छ । त्यस पछि साबित्री पुडासैनी भन्ने हुनुहुन्थ्यो उहाँ मसाज सेन्टरमा काम गर्नुहुन्छ भन्ने सुनेको थिएँ । म उहाँको कोठामा गए । साबित्री दिदीले मलम र पेलकियर औषधि किनिदिनुभएको थियो । त्यो बेलासम्म मैले मेनुका थापाले नराम्रो कुरा कसैसँग पनि गरेको थिइनँ । भोलीपल्ट धेरै दुखेर ज्वाँरो आएपछि साबित्री दिदीलाई भने । त्यहाँ मलाई मात्रै होइन सबै भाई बहिनीलाई यसै गरी राख्ने हो । उनीहरुको अनुमति बिना कुनै पनि कुरा गर्न पाइँदैन । त्यहाँ मेनुका थापाको आफन्तहरुलाई पनि राखिएको छ । निसा, एलिशा, सुष्मा, राधिका, गोमा, ईश्वरी, मनिश, उज्वल, राधिकाका दुई बहिनीलगायत उनको धेरै आफन्तलाई रक्षा नेपालमै राखेर पढाउँदै आइरहेको छ । म एउटा रियल भिक्टिम हो म त्यहाँ को तर म यसरी लखेटिएकी छु । त्यसकारण मलाई चित्त दुखेको हो । रक्षा नेपाल होइन भक्षक हो । बाहिरबाट पत्रकार, समाजसेवी, कलाकार, स्वेदशी तथा आउँदा भने हामीलाई बलात्कृत भएको भन्दै देखाउँछन् । अझ पिडा बोध हुन्छ । मेरो फेसबुक पनि मेनुकाले चलाउँछिन् मेरो नाममा खोलिएको फेसबुक पनि मेनुका थापालेनै चलाउँछिन् । उहाँको लागि राम्रो हुने स्टाटस पनि आफै लेख्ने । सुरुमा मेरो फेसबुक खोल्दा ‘जन्म दिने आमा भन्दा कर्म दिने आमा महान्’ भनेर स्टाटस लेखिएको थियो । अनि विदेशीहरुको कुनै पनि सहयोग लिएको छैन् भनेर मिडियामा भन्दै आइरहेको छ तर धेरै विदेशीले सहयोग गरेको मलाई थाहा छ । म तपाईंहरुलाई प्रमाण पनि देखाउथ्ये तर मेरो मोबाईल अहिले मेनुकालेनै खोसेर राखेको छ ।
National/Online Media

0 Comments