Incident Reports

३३ बालबालिकाको उद्धार

2018-05-27

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्ड बिपरित संचालन गरिएको एक बालगृहबाट ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट नगरपालिका-१, मा संचालन भएको नर्सिंग हिमालय अनाथालयबाट २४ जना बालबालिकाको उद्धार गरिएको हो । बालबालिकामा रुकुमका नौ र जुम्लाका २४ रहेका छन् । न्युनतम मापदण्ड पनि पुरा नगरेर बालगृह संचालन गरेको भन्दै प्रहरीले संचालकलाई पनि नियन्त्रणमा लिएको छ ।

0 Comments