Incident Reports

रक्षक नै भक्षक: प्रहरी हवल्दारले महिलामाथि खुकुरी हाने

2018-06-06

Province 1, Okhaldhunga, Manebhanjyang

यहाँ प्रहरी हवल्दारको खुकुरी प्रहारबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । नेपाल प्रहरीका हवल्दार अमरसिंह राईले खुकुरी प्रहार गर्दा मानेभन्ज्याङ्ग गाउँपालिका– ३ उँबुकी शर्मिला राई घाइते भएकी हुन् । घर बिदामा आएको समयमा अमरले नाताले बहिनी (सालाकी श्रीमती) पर्ने शर्मिलालाई खुकुरी प्रहार गरेका हुन् । उनले बुधबार विहान शर्मिलालाई धारिलो खुकुरी प्रहार गरि ज्यान लिने प्रयास गरेका थिए । खुकुरी प्रहारबाट शर्मिला गम्भीर घाइते भएकी छिन् । उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । खुकुरी प्रहारबाट शर्मिलाको टाउको र दुवै हातमा गहिरो चोट लागेको छ । टाउकोमा तीन ठाउँ तथा दुवै हातको नाडी र औलामा गहिरो चोट लागेको प्रत्यक्षदर्शी भुपेन्द्रबहादुर राईले बताए । ‘हामी समयमै नपुगेको भए शर्मिलाको ज्यानै जाने थियो’, उनले भने, ‘खुकुरी प्रहारपछि भुइँमा ढलिसकेकी शर्मिलालाई हामीले उद्दार गरेर उपचारका लागि अस्पताल पु¥याएका छौं ।’ घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । शर्मिलालाई आक्रमण गर्ने राईलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports