Incident Reports

80-year-old woman disowned by her family after being alleged witch

2018-06-06

Madhes, Siraha, Karjanha, Ward 6

80-year-old Khajnidevi Karak, a resident of Karjanha Municipality-7, was disowned by her family comprising of 6 sons and daughter-in-laws. She was kept in a separate hut since last 1 year. Her sons were taking care of her after her husband died 10 years ago. The elderly woman's stepson 70-year-old Dharma Nath Karak said that many members of the family lost their lives because of his mother's alleged withcraft as told by many witch doctors in Nepal and India. The old woman lamented that she was prohibited from talking to her family members and even entering the house. Police are investigating further about the case. कर्जन्हा नपा–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट विस्थापित गरेका छन् । पीडित बृद्धालाई उनका ६ भाइ छोरा, बुहारीहरूले कथित बोक्सीको आरोप लगाएर एक वर्षदेखि घरबाट अलग झुपडी बनाई राखेका हुन् । १० वर्षअघि पतिको मृत्यू भएपछि छोराहरूले आमालाई पालैपालो आफ्नो घरमा राखेर पाल्दै आएका थिए । सौतापट्टीका जेठो छोरा ७० वर्षीय धर्मनाथ कारककी बुहारीको १० वर्ष अगाडि उपचारमा लग्ने क्रममा मृत्यू भएको थियो । धर्मनाथको पत्नीको मृत्यू, उनका आफ्नै ६० वर्षीय छोरा रामपुकार कारककी बुहारीको मृत्यू भएको र अर्का छोरा ५६ वर्षीय शिवजी कारकको पत्नीलाई भुत लाग्ने गरेको र सबै आमाकै कारण भएको भनेर नेपाल र भारतका नाम चलेका धामीहरूले भनेपछि गाउँमै छुट्टै झुपडी बनाइ राखेको धर्मनाथ कारकले आरोप लगाए । पीडितलाई छोराहरूले आफनो घर, परिवारमा आउन दिँदैनन भने कसैसँग बोल्न र कतै घुम्न पनि जान दिँदैनन् । पीडित बृद्धाले मर्ने उमेरमा छोरा, बुहारी नातिनातिनासँग बसेर गफ गर्ने रहर भएपनि परिवार र समाजले आफूलाई बहिष्कार गरेको हुनाले अधिकारकर्मीहरूसँग घरमै स्थापित गराइदिन आग्रह गरेकी छन् । घटनाको जानकारी पाएर इन्सेक र मानव अधिकार संरक्षण केन्द्र सञ्जालले जेठ २३ गते घटनाको बारेमा स्थलगत अनुगमन गरेका छन् । सञ्जालका संयोजक सुनिलकुमार साहले घटना अमानवीय भएकाले तुरून्त पीडितलाई परिवारमा स्थापित नगराए कारबाही प्रकृयाको लागि सञ्जालले पहल गर्ने बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक खडकाले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाउने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Rautahat

0 Comments