Incident Reports

कथित बोक्सीको आरोपमा ८० वर्षीया बृद्धा परिवारबाट विस्थापित

2018-06-06

Madhes, Siraha, Karjanha, Ward 6

कर्जन्हा नपा–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट विस्थापित गरेका छन् । पीडित बृद्धालाई उनका ६ भाइ छोरा, बुहारीहरूले कथित बोक्सीको आरोप लगाएर एक वर्षदेखि घरबाट अलग झुपडी बनाई राखेका हुन् । १० वर्षअघि पतिको मृत्यू भएपछि छोराहरूले आमालाई पालैपालो आफ्नो घरमा राखेर पाल्दै आएका थिए । सौतापट्टीका जेठो छोरा ७० वर्षीय धर्मनाथ कारककी बुहारीको १० वर्ष अगाडि उपचारमा लग्ने क्रममा मृत्यू भएको थियो । धर्मनाथको पत्नीको मृत्यू, उनका आफ्नै ६० वर्षीय छोरा रामपुकार कारककी बुहारीको मृत्यू भएको र अर्का छोरा ५६ वर्षीय शिवजी कारकको पत्नीलाई भुत लाग्ने गरेको र सबै आमाकै कारण भएको भनेर नेपाल र भारतका नाम चलेका धामीहरूले भनेपछि गाउँमै छुट्टै झुपडी बनाइ राखेको धर्मनाथ कारकले आरोप लगाए । पीडितलाई छोराहरूले आफनो घर, परिवारमा आउन दिँदैनन भने कसैसँग बोल्न र कतै घुम्न पनि जान दिँदैनन् । पीडित बृद्धाले मर्ने उमेरमा छोरा, बुहारी नातिनातिनासँग बसेर गफ गर्ने रहर भएपनि परिवार र समाजले आफूलाई बहिष्कार गरेको हुनाले अधिकारकर्मीहरूसँग घरमै स्थापित गराइदिन आग्रह गरेकी छन् । घटनाको जानकारी पाएर इन्सेक र मानव अधिकार संरक्षण केन्द्र सञ्जालले जेठ २३ गते घटनाको बारेमा स्थलगत अनुगमन गरेका छन् । सञ्जालका संयोजक सुनिलकुमार साहले घटना अमानवीय भएकाले तुरून्त पीडितलाई परिवारमा स्थापित नगराए कारबाही प्रकृयाको लागि सञ्जालले पहल गर्ने बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक खडकाले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाउने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Rautahat

0 Comments